एनआरएनए जोहोर शाखा मलेसियाद्धारा चियापान तथा सम्मान

Published On: Sunday, May 13, 2018 | Source: NRNA MALAYSIA
                     जोहोर । मे १३ आईतवारको दिन एनआरएनए जोहोरवारु शाखा मलेसियाद्धारा चियापान तथा पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
रविलाल अधिकारीको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए सिंगापुरका आईसिसि सदस्य राजु शर्मा तथा विषेश अतिथीमा एनआरएनए सिंगापुरका अध्यक्ष विश्व प्रकाश कार्की रहनु भएको थियो त्यस्तै गरी एनआरएनए मलेसियाका युवा संयोजक ज्ञानेन्द्र ठकुरी, सदस्य कृष्ण प्रसाद नेपाल, बल बहादुर राई, आदिवासी जनजाति महासंङका सल्लाहकार मातृका धिमाल, जन सम्पक समितिका अध्यक्ष गोविन्द  लिम्वु लगाएत जोहार क्षेत्रमा रहनु भएका विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
                    कार्यक्रममा अतिथी ज्यूहरुले आगामी दिनमा कसरी समाजमा समस्या परेकालाई समाधान गर्ने, एनआरएनको गरिदै आएका कामहरु लगाएत आदि विषयमा मनतव्य दिनु भएको थियो । सेनाईको एकाउण्ट सेभ होटलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाको जोहोर शाखामा आवद्ध रहेका पदाधीकारीहरुलाई प्रमाणपत्र साथै चियापान कार्यक्रम गरिएको थियो ।
(Source: nayaonline.com)