मलेसियाले बैधता कार्यक्रम (सिक्स-पी ) ल्याएको छैन

Published On: Saturday, June 25, 2016 | Source: NRNA MALAYSIA

 25th, June

मलेसिया । विगत केही दिनयता गैरकानुनी हैसियतका विदेशी कामदारलाई बैध गराउन कार्यक्रम (सिक्स पी) ल्याएको भन्ने हल्ला फैलिएको पाइएको भन्दै मलेसियाले त्यस्तो निराधार हल्लाको पछि नलाग्न सबैलाई सजग गराएको छ ।
सामाजिक संजालमार्फत केही गैरजिम्मेवार व्यक्तिहरुले त्यस्तो हल्ला मच्चाएको पाइएको भन्दै मलेसियाको अध्यागमन विभागले गैरकानुनी कामदारलाई बैध बनाउन अहिले कुनै कार्यक्रम नल्याइएको स्पष्ट पारेको छ । विभागका महानिर्देशक मुस्तफा इब्राहिमले सिक्सपी पनि भनिने ‘बैधता कार्यक्रम’ पोहोर साल नै सकीइसकेको र कुनै बैकल्पिक कार्यक्रम पनि नल्याइने बताएका स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् । विभागले यसबारे आफ्नो आधिकारीक वेभसाइटमा समेत जानकारी उपलब्ध गराएको छ ।

नेपाली दुतावासले हल्लाको पछि नलाग्न र समस्यामा परेमा दुतावास आउन आग्रह गरेको छ । मलेसियाले गत २०११ मा बैधता कार्यक्रम शुरु गरेको थियो र गतबर्ष २०१४ मै सकिएको थियो । उक्त कार्यक्रममार्फत बैध हुने सबै कामदारको भिसा आगामी बर्ष जनवरीमा सकिनेछ ।

http://dainikpost.com/2015/06/16/115370