सुस्त मनस्थिती विद्यालयलाई एनआरएन मलेसियाको सहयोग

Published On: Saturday, July 15, 2017 | Source: NRNA MALAYSIA

क्वालालम्पुर, मलेसिया । सन्धिखर्क अर्घाखाचीस्थित निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्तरण गरेको छ । एनआरएनए मलेसियाका सदस्य रन्जित क्षेत्रीको संयोजकत्वमा सुस्त मनस्थीतीका बच्चाहरू पढ्ने विद्यालयलाइ नगद एक लाखबराबरको जिन्सी खरिद गरी सहयोग पु¥याएको हो ।
बच्चा र विद्यालयलाई आवश्क पर्ने पोशाक, भाडाकुडा, खेलकुद सामाग्री, फिल्टर, टिभि, टेवल, कुर्सी लगायतका सामान र बिल विद्यालयलाई हस्तान्तरण गर्दा सहभागीहरूले खुलेर प्रशंसा गरेका थिए । उक्त कार्यक्रममा वहादुर सिंह रानाभाटको अध्यक्षता र विद्यालय निरिक्षक माधव बन्जाडेको प्रमुख आतिथिमा रहेको सो कार्यक्रममा विद्यालयकी प्रअ कमला भुसालले मन्तव्य गर्नुभएको हो ।
प्रमुख अतिथिलगायतका वक्ताहरूले एनआरएनए मलेशिया र समाजसेवी रन्जित क्षेत्रीलाई प्रमाण पत्रद्धारा सम्मान गरिएको उक्त कार्यक्रम सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सञ्चालन गर्नु भएको थियो ।

एनआरएनए मलेसियाको उक्त परोपकारी कार्यमा विश्व राई आरएम ५००, खगेन्द्र न्यौपाने आरएम ५००, श्रद्धा देवान आरएम ५००, रन्जित कुमार क्षत्री आरएम ५००, रमेश प्रसाद तिवारी आएम ५००, शान्ति थापा आरएम ३००, भवानी तिवारी आरएम ३००, सुन्दर आले आरएम २००, शुभद्रा लिङ्देन आरएम २००, टेक बहादुर टमाटा आरएम २००, योगेन्द्र कोईराला आरएम १०० सहयोग प्रदान गर्नु भएको थियो ।