मलेसियामा नेपाली कामदारको माग घट्ने, गैरकानुनी कामदार हटाइने


मलेसिया । मलेसियालाई कामदार दिंदै आएको नेपालपछिको दोश्रो ठूलो श्रमिकस्रोत मुलुक बंगलादेशले आफ्ना कामदार मलेसिया पठाउन त्यहांका निजी म्यानपावर कम्पनीहरुलाई अनुमति दिएलगत्तै मलेसियासित सम्झौता गर्ने भएको छ ।

Source: NRNA MALAYSIA

मलेसियामा अलपत्र २५२ नेपालीलाई फर्काइयो


मलेसिया । हवाइ टिकट अभावमा मलेसियाका फिर्ती केन्द्रहरुमा अलपत्र परेका २ सय ५२ जना नेपालीको उद्दार गरिएको छ । विभिन्न मुद्दामा दोषी पाइएपछि जेलसजाय काटिसकेका उनीहरुलाई विभिन्न निजी कम्पनीहरुको आर्थिक सहयोगमा उद्दार गरिएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।

Source: NRNA MALAYSIA

एनआरएन मलेसियामा महेन्द्रजंग शाह


मलेसिया । गैर आवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेसन सम्पन्न भएको छ । आगामी २ बर्षकोलागि महेन्द्रजंग शाहको अधक्षतामा १३ जनाको कार्य समिति निर्बिरोध चयन भएको छ । समितीको उपाध्क्षमा सुक माया गोमार शान्ति, महासचिबमा लाल बहादुर आले सुन्दर, कोषाध्क्षमा श्याम कला तिवारी, सचिबमा सुभद्रा लिंग्देल, सदस्यहरुमा राजेन्द्र साउद, ज्ञानेन्द्र सिंह, हरि प्रसाद कोइराला , रन्जीत कुमार क्षेत्री, टेक बहादुर टोमाटा, देव कुमारी टोमाटा, टेक बहादुर घर्तिमगर रहेका छन्।

Source: NRNA MALAYSIA

एनआरएन मलेसियाद्धारा जेलमा रहेका नेपालीहरुलाई टिकट उपलब्ध


बिभिन्न कारण मलेसियाको जेलमा रहेका नेपालीहरुलाई एनआरएनए मलेसियाले एक तर्फि हवाई टिकट उपलब्ध गराएको छ । मलेसियाको जोहोरबारु स्थित डिपोर्ट क्याम्पमा रहेका २० जना नेपालीहरुलाई घर फर्कनका लागि आज ( शुक्रबार ) संघले नेपाली राजदूतावास मलेसियालाई टिकट उपलब्ध गराएको हो ।

Source: NRNA MALAYSIA

एनआरएनए मलेसियाको रिक्त अध्यक्ष पदमा विश्व राई


रबि भट्ट क्वालालम्पुर ।गैर आवासिय नेपाली संघ मलेसियाको करिब दुई महिना देखि रिक्त रहेको अध्यक्ष पदमा विश्वबिक्रम राई चयन भएका छन् । दुई महिना अघि अध्यक्ष महेन्द्र जङ शाहलाई ठगि आरोप लागे पछि एनआरएनए मलेसियाले उनलाई पदबाट हटाए पछि पद रिक्त रहेको थियो । प्रमुख संरक्षक शंकर बहादुर पौडेललाई २ महिना भित्र पद पूर्तिका लागि दिईएको समय अबधि भित्र रिक्त पदमा स्थापना काल देखी सदस्य, सचिब र उपाध्यक्ष हुँदै संरक्षक समेत रहेका राईलाई सर्बसम्मत चयन गरेको हो ।

Source: NRNA MALAYSIA

एनआरएन एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा हुदै


मलेसिया । ‘सम्बृद्ध राष्ट्र निर्माणकालागि दक्ष जनशक्ति’ मुल नारा राखेर मार्च १८ र १९ मा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेसियामा आयोजना हुने भएको छ । क्वालालाम्पुरस्थित होटेल ग्राण्डमा हुने यस कार्यक्रममा गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रका मातहतका सबै राष्ट्रहरुले प्रतिबेदन प्रस्तुत गर्ने भएका छन् ।

Source: NRNA MALAYSIA