एनआरएनए मलेसियाको रिक्त अध्यक्ष पदमा विश्व राई

Published On: Monday, June 20, 2016 | Source: NRNA MALAYSIA

 

 20th, June

रबि भट्ट क्वालालम्पुर ।गैर आवासिय नेपाली संघ मलेसियाको करिब दुई महिना देखि रिक्त रहेको अध्यक्ष पदमा विश्वबिक्रम राई चयन भएका छन् । दुई महिना अघि अध्यक्ष महेन्द्र जङ शाहलाई ठगि आरोप लागे पछि एनआरएनए मलेसियाले उनलाई पदबाट हटाए पछि पद रिक्त रहेको थियो । प्रमुख संरक्षक शंकर बहादुर पौडेललाई २ महिना भित्र पद पूर्तिका लागि दिईएको समय अबधि भित्र रिक्त पदमा स्थापना काल देखी सदस्य, सचिब र उपाध्यक्ष हुँदै संरक्षक समेत रहेका राईलाई सर्बसम्मत चयन गरेको हो ।

शनिवार क्वालालम्पुरमा वसेको वैठकले राईलाई सर्व सम्मत चयन गरेको संघले जारी प्रेश विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तिमा संघको स्थापनाकाल देखि नै सक्रिय रहदै आएका विश्व विक्रम राई अध्यक्षमा चयन गरिएको उल्लेख गरिएको छ । राइ बिगत लामो समय देखी मलेसियामा आफ्नै ब्यवसाय गर्दै आएका छन ।

समाज सेवामा सकृय भूमिका निर्बाहा गर्दै आएका राइलाई यसै कारण पनि चयन गरिएको संघका पदाधिकारी तथा सल्लाहकारहरुले बताए । कुशल ब्यवसाय र स्वोच्छ छबी बनएका राइलाई मलेसिया तथा बिभिन्न मुलुकका संघ संस्था र ब्यक्तिहरुले बधाई दियका छन् ।

by http://dainikpost.com/एनआरएनए-मलेसियाको-रिक्त/