7/30/2017

Published On: Source: NRNA MALAYSIA

पथरी -५ मोरङ निवासी विमला कार्किलाई एनअारएन मलेसियाले सहयोग गरेकाे छ । विगत केहि हप्ता देखि मलेसियामा अलपत्र अवस्थामा रहेकाे जानकारी अाएपछि घर फर्किनकाे लागि एनअारएन मलेसियाले सहयोग स्वरुप हवाई टिकट हवाई टिकट उपलब्ध गराएकाे हाे ।

कार्की बिगत केही महिना देखि अबैधानिक भएपछि मलेसियाकाे शाहाअालममा छुकिछिपि काम गर्दै अाएकी थिईन । काम गरेर फर्किने क्रममा स्थानीय लुटेराले अपहरण शैलीमा लुटेका थिए । बिमला संग भएकाे ४५ सय रिगेट र मोवाईल समेत लुटरे शारीरिक यातना दिन थालेपछि भागेर ज्यान जाेगाएकाे बिमला बताउछिन । उनी थपछिन “” घर फर्किने भनेर सङगाले पैसा हाे । अाफु अाएकाे कम्पनी राम्रो नभएपछि अबैधानिक भएर काम गर्नु पय्राे । बैंकमा राख्नलाई एकाउन्ट थिएन त्यसैले सबै पैसा साथमा राख्दा सबै लुटिएं । “

बिमला त्यहाँबाट भागेपछि क्वालालम्पुर अाएर साथिकाे काेठामा केही हप्ता बसेपछि साथिकाे सल्लाहमा एनअारएन मलेसियामा सहयोगकाे याचना गरिन । उनकाे पारिवारिक अार्थिक अबस्था कम्जाेर रहेकाेले एनअारएन मलेसियाले अाफनाे कल्याणकारी काेषबाट पिडितलाई सहयोग गरेकाे एनअारएन मलेसियाका बर्तमान महासचिव सुन्दर अालेले जानकारी दिए ।
पिडित बिमला २९ तारिख दिउसाे हिमालयन एअरलाईन्सबाट नेपाल पुगि सकेकी छिन ।