पूर्ण बहादुर लिम्वू एनआरएनए मलेसिया कल्याणकारी कोषको सहयोगमा नेपाल फर्कएका छन्

Published On: Source: NRNA MALAYSIA

क्वालालम्पुर, २८ साउन । मोरङ्ग निवासी पूर्ण बहादुर लिम्वू एनआरएनएमलेसिया कल्याणकारी कोषको सहयोगमा नेपाल फर्कएका छन् ।
आजभन्दा पाँचवर्ष अगाडी भिजिट भिषामा मलेसिया आएका लिम्वू एक हप्ता अगाडि टोङसिंङ्ग हस्पिटलमा चेकजाच गराउँदा उनको देव्रे मृगौला पूर्ण रुपमा काम नलाग्ने र एउटामा मासु पलाएको रिपोर्ट देखाए पछि हस्पिटलले तुरुन्त अप्रेसन गर्न अनुरोध गरेका थिए ।

 

उनको मलेसियामा उपचार गराँउन महगों शुल्क लाग्ने र हेरचाह गर्न नमिल्ने भए पछि लिम्वू नेपालमै उपचार गर्न नेपाल फर्कन निधो गरेकाहुन् । निजसँग भएको पैसा उपचार गराउँदा सकिएपछि नेपालजान दुतावासबाट स्पेशल पास र एनआरएन एमलेसिया एकतर्फि हवाई टिकटको लागि सहयोगको निवेदन दिएका थिए । उनको यो अवस्थालाई एनआरएनए मलेसियाले एकतर्फि हवाई टिकट प्रदान गरिए पछि निज शुक्रवार साँझ हिमालयन एअरलाईन्सबाट नेपाल पुगेका छन् । उनलाई उपचारको लागि सहगोग गर्न ईच्छुक व्यक्तिहरुले निजलाई सिधा सम्पर्क गर्न सक्नु हुनेछ ।