एनआरएनए मलेसियाद्धारा विमला कार्कीलाई सहयोग

Published On: Source: NRNA MALAYSIA

क्वालालम्पुर मलेसिया, ३० जुलाई । एनआरएनए मलेसिया कल्याणकारी कोषबाट पिडित विमला कार्कीलाई नेपाल जान हवाई टिकट प्रदान गरिएको छ ।
पथरी ५ मोरङ निवासी विमला कार्की विगत केहि हप्तादेखि मलेसियामा अलपत्र परेकी थिइन् । निजका साथी सुजिता शर्मा र निज विमला कार्कीसँग भएको ४५ सय रिंगेट र मोवाईलसमेत स्थानीयले अपहरण शैलीमा लुटेर लगेको र शारीरिक यातनासमेत दिन खोजेका कारण उनीहरु भागेर क्वालालम्पुर आएका थिए । परिवारको सहयोगमा अध्यागमनवाट लिने अनुमतिपत्र समेत लिईसकेको र टिकटको पर्खाइमा रहेका थिए । संघले दुई जनामध्ये कार्कीलाई टिकट उपलव्ध प्रदान गरिएको हो । सहयोगबाट जुलाई २९ को दिन हिमालयन एअरलाईन्सबाट नेपाल पुगेका छन् ।

सुजिता शर्माको लागि पनि टिकटको पहल भइरहेको एनआरएन महासचिव सुन्दर आलेले जानकारी गराएका छन् ।